उद्योग मन्त्रालयले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य समेत गरेको भन्दै विभागले यस विषयमा थप छानविन गर्न उनीहरुलाई पक्राउ गर्न आग्रह गरेको हो । विभागले उनीहरुमाथि अहिले पनि जाँचबुझ, अनुसन्धान र छानविन भईरहेको र थप छानविन गर्नु पर्ने जनाएको छ । विभागले कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराईदिन सीआईबिलाई आग्रह गरेको हो । विभागले उनीहरुको नाम र फोन नम्बर सहित सीआईबिलाई पत्राचार गरेको हो । विभागले पठाएको पत्रमा वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द पर...
Science, Technology & Engineering Your challenge is our progress
Comments
Post a Comment