Skip to main content

ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् ।

कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् । गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् ।

शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुर्‍याउन नसक्दा उनीहरू माकुराको जालोमा फसेजस्तै भएका छन् ।
कक्षा ११ मा भर्नाका लागि शिक्षा मन्त्रालयले तयार पारेको न्यूनतम आधारअनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याउनै पर्छ । ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्छ । अंग्रेजी, सामाजिक अध्ययन र नेपाली विषयमा भने डी प्लस मात्र ल्याए पनि हुने मन्त्रालयको मापदण्डमा उल्लेख छ । एसईईमा विद्यार्थीले आठ विषयमा परीक्षा दिए पनि तीन विषयमा भने जुन ग्रेड ल्याए पनि हुन्छ ।
११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलजी, म्याथम्याटिक्स, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । यसबारे कुनै पनि विषयमा यति नै ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन ।
सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीका लागि मात्र भएको परीक्षा नियन्त्रण कार्यालयका उप-नियन्त्रक गेहनाथ गौतमले बताउनुभयो।
विज्ञान र सीपमूलक समूहमा भर्ना हुन पाउने विद्यार्थीको विषयगत योग्यता निर्धारण गरिएको भए पनि मानविकी, व्यवस्थापन र शिक्षा विषयमा भने छुट्टाछुट्टै योग्यता तोकिएको छैन । विद्यार्थीले पढ्न पाउने गरी तोकिएका यी सबै विषय ऐच्छिक मात्रै हुन् । जुनसुकै समूहमा भर्ना भए पनि ऐच्छिकसँगै विद्यार्थीले अनिवार्य विषय पढ्नुपर्छ ।
मापदण्डअनुसार समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर म्याथम्याटिक्स, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानसहित पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउँछन् । यी समूहमा म्याथम्याटिक्स, ज्योेग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथम्याटिक्स, साइकोलजी, एलिमेन्ट्स अफ फाइनान्स, ज्योतिष, को-अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथम्याटिक्सलगायत विषय पर्छन् । यी विषय पढ्ने विद्यार्थीले अन्य तीन विषयमा कुन ग्रेड ल्याए भन्ने कुनै मतलब हुँदैन।
अंग्रेजी, म्याथम्याटिक्स, सोसल स्टडिज, नेपाली र विज्ञानमा न्यूनतम डी प्लस ल्याएका र समग्रमा नतिजा जीपीए १.६ ल्याएका विद्यार्थीले विभिन्न चार वटा विषय समूहमा भर्ना हुन पाउँछन् । जुन समूहअन्तर्गत फिजिक्स एजुकेसन, केमेस्ट्री, एजुकेसन, बायोलजी, एजुकेसन र टिचिङ साइन्स विषय पर्छन् ।
अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएका र समग्र नतिजामा न्यूनतम जीपीए एक दशमलव ६ ल्याएका विद्यार्थीले अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी र लिंग्विस्टिक्स विषयमा भर्ना हुन पाउँछन् ।

Comments

Popular posts from this blog

बाजुरा जिल्लामा अवस्थित पवित्र तिर्थ स्थल त्रिवेणी (बिनि) खेति-बेति काे बारेमा केही सामान्य जानकारि दिदै आदरणीय मीन बहादुर ऐडि सर।

नागरिक पेन्सन योजना सम्बन्धी संक्षिप्त जानकारी

 नागरिक पेन्सन योजना सम्बन्धी संक्षिप्त जानकारी • को को सहभागी हुन सक्ने ? यस योजना अन्तर्गत आय आर्जन गर्ने, मजदुरी गर्ने, रोजगारी भएका, व्यापार व्यवसाय गर्ने, कृषि कर्म गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवाशीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । • कति रकम जम्मा गर्नुपर्छ ? बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । • बीचमा छोड्न पाइन्छ ? कुनै कारणबस निरन्तरता दिन नसकिने अवस्था आएमा बीचमै छोड्न पाइने व्यवस्था गरिएको छ । • कहिले पाइन्छ पेन्सन ? पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। •६० वर्ष पुग्नलाई १५ वर्ष बाँकी नहुनेले समेत १५ वर्षको रकम एकमुष्ट बाँकी वर्षको किस्तामा जम्मा गरेमा ६० वर्ष पूरा गरे पछि पेन्सन पाउन सक्नेछन्। • कति पाइन्छ पेन्सन ? सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन ...